काठमाडौं । सरकारले मंसिर ४ मा संघीय र प्रदेश सभाको निर्वाचन एकैपटक गर्नेगरी मिति घोषणा गरेको छ । यसपटकको चुनावमा ५ लाख नयाँ मतदाता थपिने देखिएको छ ।

गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेका थिए । अब त्यसमा करिब ५ लाख नयाँ थपिने निर्वाचन आयोगको पछिल्लो विवरणले देखाउँछ ।

File Photo

आयोगको पछिल्लो जानकारी अनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा करिव साढे ४ लाख जनाले नाम दर्ता गराएका हुन् ।

पछिल्लो २/३ दिनको अद्यावधिक विवरण नआएकाले नयाँ मतदाता संख्या अधिकतम ५ लाख पुग्ने अनुमान निर्वाचन आयोगको छ । ६ महिना अघिसम्म मतदाता नामावली संकलन भएकाले यो अवधिमा निकै थोरैमात्रै नयाँ नाम संकलन भएको हो ।

सम्बन्धित खबरहरु