काठमाडौं । सरकारले मंसिर ४ गते चुनाव गर्ने गरी मिति घोषणा गरेपछि म्यादी प्रहरीको भर्ना फेरि खुल्ने भएको छ । निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको हो ।

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भन्दै म्यादी प्रहरी भर्ना खोल्न लागिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना बन्छ, त्यही अनुसार म्यादी प्रहरीको भर्ना खुल्नेछ । सुरक्षा योजनालाई केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुन्छ ।

चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहनेछ । तपाईंलाई जानकारी गराउ म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्छ । स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

दुबै तहको निर्वाचन एकै पटक, सरकारले घोषणा गर्यो मिति

प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहनु भएका प्रवक्ता राईले विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लिने बताउनुभयो । पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउने उहाँले स्पष्ट पार्नुभयो ।

आउँदो चुनावमा ५ लाख नयाँ मतदाता थपिने

सम्बन्धित खबरहरु