काठमाडौं । जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् ।अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको थियो ।

बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०२००१ख १११९ नंको बसमा सवार उनलाई सो अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरीले जाँच गर्दा सो लागुऔषध खेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताउनुभयो ।

हुलाकी मार्गले जनतालाई निराश बनायो

ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन् । नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसिमाभित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु