काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त हुनु भएको छ । उहाँलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको हो ।

नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आउनु भएका सुवेदीलाई सल्लाहकार बनाइयो ।

बिहीबार (आज) बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

यो पनि, नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

सम्बन्धित खबरहरु