काठमाडौं । हरेक वर्ष लाखौंले लोकसेवा आयोग परीक्षाको तयारी गरिरहेका हुन्छन् । तयारी गरेकामध्य केही सिमित व्यक्तिहरु मात्रै सफल हुन्छन् ।

यसबीच एक रोचक घटना देखा परेको छ । कर्णाली प्रदेश लोकसेवा आयोगको परीक्षामा एक परीक्षार्थीले उत्तरपुस्तिकामा फोन नम्बर लेखेको खुलेको हो । त्यसपछि उनको परीक्षा रद्ध भयो ।

प्रदेश लोक सेवा आयोगको कार्यालय, कर्णालीले ४ साउनमा लिएको स्वास्थ्य सेवा अन्तर्गत अहेब पदको प्रथम चरणको लिखित परीक्षाको उत्तरपुस्तिकामा यस्तो कुरा फेला परेको हो ।

त्यस्तो जवाफ दिने व्यक्ति सल्यानको सिद्धकुमाख गाउँपालिकाका नवीन कुमार रेउले रहेका छन् ।

उनले आफ्नो नम्बरसँगै ‘कल गर्नू’ भनेर लेखेका थिए । उक्त उत्तरपुस्तिकामा फोन गर्न आग्रह गरेको भेटिएपछि परीक्षा रद्द भएको हो ।

आयोगको रेउलेलाई अब २ वर्षसम्म आयोगका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही पनि गरेको छ ।

सम्बन्धित खबरहरु