काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ । प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश र प्रतिनिधिसभा चुनाव ४ मंसिरमा गर्ने निर्णय गरेपछि पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगले यस्तो जानकारी गराएको हो ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार अनलाइन फारम गरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुले भने साउन २१ गतेसम्म पाउने छन् ।

सम्बन्धित खबरहरु