काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ ।

बिहीबार ललितपुरमा आयोजित एमाले जिल्ला स्तरिय प्रशिक्षण भेलामा बोल्दै पौडेलले आगामी निर्वाचनमा देशभरी एमालेले चूनाव जित्ने र ओलीको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको हो ।

एमाले सवैभन्दा बलियो राष्ट्रिय शक्ति भएका कारण सवै दल मिलेर गठबन्धन बनाएको उहाको भनाई छ ।

पौडेलले एमालेभित्रको अन्तरविरोधलाई हटाएर संगठनलाई बलियो बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

आगामी निर्वाचनमा राज्यशक्तिको दुरुपयोग हुन सक्ने भन्दै उहाले जनताको शक्तिको अगाडी राज्यशक्तिको दुरुपयोग बलियो हुन नसक्ने तर्क गर्नुभयो ।

मंसिर चार गर्ने निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा तीन महिनाको अवधिमा पार्टीको बिचारलाई जनतामाझ लानुपर्ने उहाले बताउनुभयो ।

उहाँले एमालेलाई संसदको ठूलो पार्टी बनाउनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सम्बन्धित खबरहरु