काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा रहेको प्रहरीले बिहीबार एक ग्रामीण इलाकामा गोली हानी तीन जनाको हत्या गरिएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ९ः०० बजे राज्यको उत्तरपूर्वमा रहेको सानो सहर बोगीमा धेरै जनालाई गोली हानी हत्या गरिएको सूचनापछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो ।

क्विन्सल्यान्ड प्रहरी टम आर्मिटका कार्यकारी सुपरिटेन्डेन्टले स्थानीय सञ्चामाध्यमलाई बताउनुभयो, “हामी सक्रियतापूर्वक त्यस क्षेत्रमा भएका भनिएका हत्याबारे खोजी तथा अनुसन्धान गरिरहेका छौँ ।

परिस्थिति के थियो र कसरी यी मानिसहरूलाई गोली हानिएको थियो भन्ने विषयमा हाम्रो प्रारम्भिक अनुसन्धान शुरु भएको छ ।”

उहाँले भन्नुभयो, “यस अवस्थामा घटनाका लागि को जिम्मेवार छ, हामीलाई थाह छैन हामी किनकि यस अनुसन्धानको प्रारम्भिक चरणमा छौं ।”

घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ र चौथो व्यक्तिलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ । वरपरका इलाकाको सर्वेक्षण गर्दा प्रहरीले त्यस इलाका अहिले सुरक्षित रहेको र घटनाबारे अनुसन्धान चलिरहेको जनाएको छ ।

कोरियामा एकैदिन एकलाख सात हजारभन्दा बढी सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
यसैसँगै यहाँका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन् ।

अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो ।

नयाँ केसमध्ये, चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या ३१० पुगेको छ । यस अवधिमा थप ३४ जनाको मृत्यु भएपछि कोरोना शुरुभएबाट हालसम्म कूल मृतक सङ्ख्या २५ हजार १४४ पुगेको छ । कूल मृत्युदर ०.१२ प्रतिशत रहेको छ । रासस

सम्बन्धित खबरहरु