काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता मृत फेला पर्नुभएको छ । पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज लोकपाल केसी (महेन्द्र) मृत फेला पर्नुभएको हो । बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै धानखेतमा उहाँ मृत फेला पर्नुभएको हो ।

झोला बोकेकै अवस्थामा उहाँ धानखेतमा घोप्टो परेको अवस्थामा फेला पर्नुभएको थियो । छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट मान्छे लडेकोजस्तो देखिएपछि त्यहाँको अनुसन्धान भएको बताउनुभयो । घटनास्थलको थप अनुसन्धान भइरहेको उहाँले जानाकरी दिनुभयो ।

सम्बन्धित खबरहरु