काठमाडौं । पूर्व सचिव भिम उपाध्यायले देशकै जेठो र कयौँ नागरिकको भरोसा वीर अस्पतालको बेइज्जत गर्नुभएको छ ।

उहाँले देशको नै बेइज्जत गर्ने उदेश्यले सामाजिक सञ्जालमा एउटा पोष्ट गरेको देखिन्छ ।

वीर अस्पतालको नयाँ ब्लकको फोहोर र अस्तब्यस्त शौचालय भन्दै भारतको तस्वीर हालेर नेपालको बेइज्जत गर्ने पूर्व सचिव भिम उपाध्यायलाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताले चुनौती दिँदै नयाँ तस्वीर सेयर गरेका छन् ।

सञ्चारकर्मी सुमन ढुंगानाले नयाँ ब्लकको फोहोर र अस्तब्यस्त शौचालय भन्दै भारतको तस्वीर हालेर नेपालको बेइज्जत गर्ने पूर्व सचिव भिम उपाध्यायलाई चुनौती, हेर भर्खरको ताजा तस्वीर वीर अस्पतालको नयाँ ब्लकको शौचालयको ताजा तस्वीर, जहाँ २८ सामुहिक शौचालय छन् र सफा छन् । सबै यहि डिजाइनका छन् । भिमको फेक तस्वीरको डिजाइन फरक छ । भन्दै तस्वीर पोष्ट गर्नुभएको छ । तस्वीर : सुमन ढुंगाना

हामीले उक्त अस्पतालमा उपाध्यायले पोष्ट गरेको तस्वीरका जस्ता शौतालय छन् त ? भनेर जाँच गरेका थियौँ । हाम्रो फ्याक्ट चेकमापनि उपाध्याय गलत सावित हुनुभएको छ ।

उहाँले पोष्ट गरेका तस्वीरका जस्ता शौचालय त्यहाँ छैनन् । उहाँ समाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउँन अनेक विषयमा तर्क र तस्वीर हाल्ने गर्नुहुन्छ ।

त्यही कारण उहाँ धेरै पटक विवादमा पर्नुभएको छ । केही बर्ष अघि उहाँलाई साईबर अपराधको अभियोग समेत लागेको थियो । तर उहाँले राज्यको विथितीका सन्र्दभमा भने केही जागरुक गराउँने खालका पोष्टहरु समेत गर्नुहुन्छ ।

यसैले उहाँ जनताबिच प्रख्यात बन्दै जानुभएको छ । सामाजिक सञ्जालमा ख्याति बढ्दै गएपछि उहाँले केही गलत सूचनाहरुपनि प्रवाह गर्ने गरेको टाईमलाईनमा देख्न सकिन्छ ।

सम्बन्धित खबरहरु