काठमाडौं । आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढामाथि ।

खराब सन्तानका कारण ८६ वर्षीय वृद्ध आमाले धेरै दुःख खेप्नु परेको छ ।

रुपन्देही–११ महुवारीकी एक आमा बुढेसकाल लाग्दा अफट्यारोमा पर्नुभयो । उहाँका छोरा–बुहारी एकाएक हराएपछि साना २ वटा बच्चालाई आफूले सकि नसकि पढाउनुभयो ।

उनीहरुको हेरचाह गरी रहदाँ आफूलाई हेर्ने कोहि नभएकोले यो अवस्था भोग्नु परेको आमाको भनाइ रहेको छ ।

उहाँ छोरा बुहारीका बच्चालाई हेरचाह गर्दै बस्नु भएको थियो । नाति–नातिनालाई हेरचाह गर्नुपर्दा उहाँलाई कुनै पीडा हुँदैन् । तर आफ्ना छोरा बुहारीले दुःख पाउँछन् कि भन्ने कुरामा धेरै चिन्ता लाग्ने गरेको उहाँले बताउनुभयो ।

उहाँका छोरीहरुका अनुसार छोरा बुहारी हुदाँ पनि आमालाई एक छाक समेत खाना पकाएर दिदैँनन् । त्यसबीचमा उनीहरु आफैंले आमाको हेरचाह गर्छन् । स्थानीयका अनुसार छोराछोरी समेत भएका ति छोरा बुहारीले घरमा हुँदा पनि आमालाई सुःखले बस्न दिएका थिएनन् ।

उनीहरुले आमा सुत्ने घरमा रहेका खाटमा आगो लगाउने, विद्युतको मिटर बक्स फुट्याउने र घर भत्कयाउने जस्ता गलत काम गर्थे । उनीहरु जसरी पनि आमालाई घरबाट निकाल्न चाहान्थे । पीडा पोख्दै आमाले सुनाउनुभयो ।

छोराछोरी सानै हुँदा उहाँका श्रीमान बित्नुभयो । त्यसपछि उहाँले छोराका लागि अर्को विवाह नगरी छोराछोरी भनेर बस्नुभयो ।

दुख कष्टले छोराछोरी हुर्काउनुभयो, पढाउनुभयो तर आजका दिनमा उनै छोराले साथ छोडे । उहाँ भन्नुहुन्छ, ‘म मरेर गएता पनि , मैले धेरै दुःख पाए पनि मेरो नातिनातिनीले दुःख नपाउँन ।’

अटो चलाएर बिहान बेलुकी छाक टार्दै आएका छोरा बुहारी घर छोडेर अहिले सम्म एकपटक पनि नआएको स्थानीयले बताए ।

सम्बन्धित खबरहरु