काठमाडौं । आफ्नो नाम दुरुपयोग भएको भन्दै अभिनेत्री केकी अधिकारी आक्रोशित भएकी छिन् ।

भदौं १४ गते प्रदर्शनमा आउन लागेको ‘परदेशी–२’ नामक चलचित्रको के वर मागी फर्क्यौं बोलको गीत रिलिज कार्यक्रम थियो ।

उक्त कार्यक्रममा कलाकार, निर्माण पक्ष र सञ्चारकर्मीहरुको ठूलो भीड थियो । नारायण रायमाझीद्धारा निर्देशित परदेश–२ चलचित्रमा अभिनेत्री अधिकारी र चर्चित मोडल तथा गायक प्रकाश सपुतको मुख्य भूमिका रहेको छ ।

प्रकाश सपुतले लामो समय देखि सांगीतिक क्षेत्रमा राम्रो छवि बनाउन सफल व्यक्तिका रुपमा पहिचान बनाएका छन् ।

उनलाई नचिन्ने सायदै होलान्, बाल्यकालदेखि चलचित्रमा नायक बन्ने उनको सपना पनि पूरा भएको छ । उनी भन्छन्, ‘जसलाई पहिलो पटक अभिनेत्रीको रुपमा प्रत्यक्ष देखेको थिए, उहाँसँग नै फिल्ममा अभिनय गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्दछु ।’

एक अलग प्रशंगमा केकी अधिकारीले आफ्नो पेजको प्रोफाइलमा रहेको फोटोलाई इडिट गरेर अर्कै पेजमा राखिएको बताइन् । आफ्नो फोटोलाई शरीरको तौल कसरी घटाउने भन्ने विज्ञापनमा नसोधेर राखेको भन्दै आपत्ति जनाइन् ।

सो विज्ञापन अहिले सबैतिर फैलिएको छ । अभिनेत्री अधिकारीका अनुसार उनलाई जानकारी नगराई कम्पनीले उत्पादक वस्तुको बजार विस्तार गर्नका लागि भ्रामक विज्ञापन बनाएको हो ।

उनले भनिन्, ‘मैले त्यस्तो विज्ञापन कतै दिएको छैन् । त्यस्ता भ्रामक विज्ञापन राख्नेलाई कानूनी दायरामा ल्याउने काम भइरहेको छ ।’

भदौं १४ गते प्रदर्शनमा आउन लागेको ‘परदेश–२’ नामक चलचित्रको उक्त के वर मागी फर्क्यौं बोलको गीत अहिले युबट्युब ट्रेण्डिङमा छ । रिलिज भएको तीन दिनमा नै ट्रेण्डिङ नम्बर १४ मा आउँन सफल गीतले चलचित्रलाई सफल बनाउँने देखिन्छ ।

https://www.youtube.com/watch?v=UB07XpWM3KQ

सम्बन्धित खबरहरु