काठमाडौं । नेपालमा चर्चित ३ अभिनेत्रीहरु (पूजा शर्मा, आँचल शर्मा र सम्राज्ञी राज्यलक्ष्मी शाह) ले नेपाल छोडेका छन् ।

कामको शिलशिलामा होस वा छुट्टी मनाउनको लागि कलाकार विदेश जाने कुरा कुनै नयाँ विषय होईन ।

विदेश पुग्दा गर्ने हर्कतका कारण कहिलेकाँही ट्रोल बन्न पुग्छन्, कलाकार । यसबीच एकसाथ तीन नाम चलेका अभिनेत्रीहरु बाहिर गएपछि अनेक अड्कल काट्ने काम भइरहेको थियो ।

उनीहरु विदेश जानुको मुख्य उदेश्य नयाँ फिल्मको प्रिमियरदेखि लिएर छांयाकनसम्म रहेको छ । अभिनेत्री आँचल शर्मा केहि समय देखी रोमानियामा छिन् ।

आफू मुख्य भूमिकामा रहने नयाँ फिल्म ‘बर र बधु’ को सुटिङमा उनी लगायतको टिम त्यहाँ पुगेको हो ।

आँचलसँगै उनका टिमले रोमानियाको एक राष्ट्रिय टेलिभिजनबाट फिल्मको रिर्पाट प्रशारण गर्नुका साथै रोमानिया टेलिभिजनमा आँचलले अन्तरवार्ता पनि दिएकी छिन् । अर्की, अभिनेत्री साम्राज्ञी २ हिरोहरुसँग लण्डन पुगेकी छिन् ।

अब आउने नयाँ फिल्म ‘लन्डन टु पेरीस’ को सुटिङका लागि शाह लण्डन पुगेकी हुन् । म्युजिक भिडियोमा राम्रो छाप बनाउन सफल गरिमा शर्माले यस फिलिमबाट डेब्यु गर्दै छिन्, हाल उनी पनि लण्डनमा छिन् ।

यता, अभिनेत्री पूजा शर्मा अष्ट्रलियाको सिड्नीमा छिन् । धेरै दर्शकले रुचाएको ‘म यसतो गित गाउँछु २’ लाई लिएर उनी त्यहाँ पुगेकी हुन् । पूजासँगै चलचित्रका निर्देशक सुर्देशन थापा पनिसँगै गएका छन् ।

अभिनेता पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म अष्ट्रलियाको सिड्नीमा रहेको एक सिनेमामा प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा धेरे दर्शकहरु आएको निर्माण पक्षले बताएको छ ।

 

सम्बन्धित खबरहरु