काठमाडौं । गायिका रेखा शाहले तीज गीत ‘छमछम पातली कम्मर’ सार्वजनिक गरेकी छन् । भिडियो सार्वजनिक भएको ११ घण्टामा नै धेरै राम्रो भ्यूज आएको छ ।

बिहीबार आफ्नै युट्युब च्यानलमा रिलिज गरेको गीतमा टेकेन्द्र नेपालीको शब्द तथा संगीत रहेको छ ।

गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका छन् । रमाइलो शैलीको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र गायिका रेखा स्वयं फिचर्ड छन् । भिडियोकी निर्देशक स्मृति तिमिल्सिना हुन् ।

रुपेश थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् । रेखाको च्यानलमा खासै सदस्यहरु नभएपनि भिडियोको भ्यूज भने अत्याधिक आएको छ ।

https://www.youtube.com/watch?v=EgPzfjHLa1I

सम्बन्धित खबरहरु