काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठबिच प्रेम सम्बन्ध रहेको कुरा कही लुकाएर लुक्न सकेको थिएन ।

उनीहरुबीचको प्रेम सम्बन्ध टुंगिएको कुरापनि बाहिर आइसकेको छ । पूजासँग प्रेम सम्बन्ध टुंगिए अभिनेता आकाश श्रेष्ठ केही समय सिंगल रहे ।

तर उनी यतिबेला ‘सयकडा दश’ डेब्यु अभिनेत्री करुणा श्रेष्ठसँग अफेयरमा रहेको गसिप चलिरहेको छ ।

यद्यपि, यी दुवै लभबर्डले प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेका छैनन् । बिहीबार आयोजित एक म्युजिक भिडियो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा करुणाले आकाशसँगको अफेयरको हल्लालाई घुमाउरो ढंगले स्वीकारिन् ।

सोधिएको प्रश्नमा न त उनले अस्वीकार गरिन् न त स्वीकार नै । यसबारे सोधिएको प्रश्नमा उनी बोल्न मात्र चाहिनन् ।

यसलाई आफूले प्राइभेट राख्न खोजेको भन्दै उनले प्रश्न टारिन् । घुमाउरो ढंगले उनले प्रेम सम्बन्धलाई स्वीकारेको बुझ्न सकिन्छ ।

‘सकेसम्म म आफ्नो पर्सनल लाइफलाई पर्सनल राख्न नै मन पराउँछु । म रिलेसनसिपमा छु कि सिंगल छु भन्ने कुरा मलाई डिस्क्लोज गर्न पनि मन लाग्दैन । आकाशसँग काम गर्दा पनि धेरै सिकेको छु । म यो टपिक्समा केही पनि बोल्न चाहन्नँ,’ करुणा भन्छिन् ।

आकाशसँग काम गर्दा कम्फर्ट हुने करुणाको अनुभव छ । मिडियामा सम्बन्धलाई लिएर हल्ला चले पनि दुवै जनाले यसलाई प्राइभेट राख्ने प्रयास गरिरहेका छन् ।

आकाश त झनै प्रेम सम्बन्धका बारेमा खुल्नै चाँहादैनन् । हाँसेर नै टारिदिन्छन् । जे होस् फिल्म नगरीमा उनीहरुबिच सम्बन्ध रहेको चर्चा भने चल्न थालिसकेको छ ।

 

सम्बन्धित खबरहरु