काठमाडौं । उत्तरी यमनमा भारी वर्षा र चट्याङका कारण आएको भीषण बाढीमा परी पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

उत्तरपश्चिमी प्रान्त हज्जाहका विभिन्न तीन जिल्लामा आएको बाढीमा नौ जनाको मृत्यु भएको छ भने सादा प्रान्तको छेउछाउको हेदान जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

त्यसैगरी कैयौं घर, खेतबारी र सडकमा ठूलो क्षति पुगेको बताइएको छ । गत दुई हप्तामा राजधानी साना र छिमेकी प्रान्त धामारमा बाढीका कारण ११ जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले बताएका छन्।

जारी गृहयुद्धले तहसनहस देशको प्राकृतिक प्रकोपले स्वास्थ्य प्रणालीमा थप क्षति पु¥याएको छ र स्वच्छ खानेपानी र सरसफाइका धेरैजसो पूर्वाधार भत्किएका छन् । जसबाट वर्षायाममा महामारी फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित छन् ।

सम्बन्धित खबरहरु