काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एक हप्ताको अवधिमा यस क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।

बर्खाको समयमा नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ। सडक खुलेपछि अहिले यातायातपनि सहज रुपमा सुचारु भएको छ ।

सडकमा सवारीको चाप रहेका कारण जाम कम गर्नका लागि सबै यात्रुहरुलाई लेन अनुशासनमा रहन प्रहरीले अनुरोध गरेको छ ।

सबै सवारीले एकै पटक जान होडबाजी गरेमा समस्या हुनसक्ने भन्दै प्रहरीले सहज यात्राका लागि लेन अनुशासन कायम गर्न भनेको हो ।

सम्बन्धित खबरहरु