काठमाडौं । नेपाली बजारमा २४ घण्टामा सुनको मूल्य प्रतितोला १५ सयले बढेको छ ।

आज (शुक्रबार) ७ सय र हिँजो (बिहीबार) ८ सयले मूल्य बृद्धि हुँदै २४ घण्टामा १५ सय रुपैयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ । हिँजो ८ सयले बढेको थियो ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार ८ सय रूपैयाँले बढेर ९६ हजार १ सय रूपैयाँ कायम भएको थियो ।

आज फेरी ७ सयले बढेर ९६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोहि मूल्य कायम भएको थियो ।

आज भने १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबरहरु