काठमाडौं । चर्चित बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो ड्रेसिङ सेन्सका कारण प्राय: चर्चामा रहन्छिन् । बलिउडकी स्टाइलिस अभिनेत्री मध्येकी एक मलाइकाले हालै आफ्नो इन्स्टाग्राममा एउटा ट्रान्जिसन भिडियो सेयर गरेकी छिन् ।

शेयर गरिएको यो भिडियोमा मलाइका सुरुमा बिना मेकअप साधारण कपडा लगाएको अवस्थामा देखिएकी थिइन् । त्यसपछि परिवर्तन हुँदै अभिनेत्री ग्ल्यामरस लुकमा आइन् ।

यो भिडियो सेयर गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्, ‘आज केही ट्रान्जिसन गर्ने समय हो ।’ उनको यो लुकलाई फ्यानहरुले निकै रुचाएका छन् । एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखे, ‘लभ्ली ड्रेस ।’ त्यसपछि अर्को प्रयोगकर्ताले लेखे, ‘तिमी हलिउड अभिनेत्री जस्तो देखिन्छ्यौँ ।’

सम्बन्धित खबरहरु