काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध उजुरी परेको छ । नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी दिनु भएको हो ।

नगरप्रमुख साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’ आफ्नो नाम जोडेर सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि स्टाटस लेखेका कारण उहाँले उजुरी दिनु भएको हो ।

आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिनसट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिनुपरेको भण्डारी बताउनुहुन्छ ।

बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहनु भएकी भण्डारीले मेयर साम्पाङले पोस्ट गरेको स्क्रिनसट आफ्नो नभै फेक आइडि बनाएर गरेको कुकृत्य भएको स्पष्ट पार्नुभयो । यसलाई अपराधिक घटना बताउँदै अरु पीडित नहोस् भनेर प्रमाणसहित मुद्दा उहाँले जानकारी गराउनुभयो ।

उहाँका अनुसार योभन्दा अगाडि पनि मेयर हर्क साम्पाङले भण्डारीको तस्बिर जोडिएको फोटो पोष्ट गर्नुभएको थियो । त्यसबेला आफूले साइबर अपराधबारे सचेत गराएको कुरा पनि उहाँले स्मरण गर्नुभयो ।

तर, साम्पाङले सच्चिनुको साटो झन् सामाजिक सद्भाव खलबलाउने गरि फेक आइडी बनाएर त्यसको स्क्रिम सर्ट पोष्ट गरेपछि बाध्य भएर उजुरी दिनुपरेको उहाँको भनाई छ ।

भण्डारीले मेयर साम्पाङको फेसबुक पेजसँगै अन्य थुप्रैको आइडीबाट सेयर भएको प्रमाणसहित ब्युरोमा उजुरी दिएको बताउनुभयो ।

सम्बन्धित खबरहरु