काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेर बहादुुर देउवाको अध्यक्षतामा बसेको गठबन्धन बैठकले आगामी ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चूनावी तालमेल गरि अघि बढ्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

चूनावी तालमेल गर्ने निर्णयमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनर्मोचाका अध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ । तालमेलका लागि आगामी दिनमा निरन्तरण छलफल गरि टुङ्गोमा पुग्ने कार्कीले बताउनुभयो ।

उहाले सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदल बन्ने पनि बताउनुभयो । कार्कीले निर्वाचन आयोगको परामर्श अनुसार नै सरकारले चूनावको मिति तोकेको बताउनुभयो ।

निर्वाचनको मिति घोषणा गर्न मन्त्रीपरिषद् बस्नुभन्दा पहिला प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेतालाई टेलिफोन गर्न खोजेको तर कुराकानी हुन नसकेको उहाले बताउनुभयो । मन्त्रीपरिषद्को बिहीबारको बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खबरहरु