काठमाडौं । ५० वर्ष पुग्न केही वर्ष बाँकी भएकी बलिउड अभिनेत्री मलाइका अरोडा इन्स्टाग्राम खातामा निकै सक्रिय छिन् ।

उनको इन्स्टाग्राम खाा हेर्दा तपाईं सहमत हुनुहुनेछ उनलाई बुढ्यौली नभई भर्खर जवानी लागेको छ ।

उनी आफ्ना फ्यानहरूलाई मन्त्रमुग्ध पार्न कहिल्यै असफल भइनन् । यस पटक पनि उनले केही तस्विर साझा गरेकी छिन्, जसलाई हेरेर फ्यानहरुको आँखा थाकेको छैन् ।

भर्खर इन्स्टाग्राममा साझा भएका तस्बिरहरू धेरैलाई मन परेको छ । गाउनमा उनले सबैलाई मात दिइन् । उनको पोस्ट केही समयमै भाइरल भयो ।

उनका फ्यानहरूले उनको पोष्टहरू ‘ड्याम इट्स हट’, म त पागल भए’ जस्ता टिप्पणीहरू गरेका छन् । तर, कतिपयले उमेर ढल्केको भन्दै मजाक पनि गरिरहेका छन् । हेर्नुहोस् उनका १६ तस्बिरहरू

सम्बन्धित खबरहरु