narankajiकाठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस एमालेले प्रक्रिया थालेर फेरि ऐतिहासिक गल्ती गर्न लागेको आरोप लगाएका छन् ।

आइतबार आफ्नै निवास हरिसिद्धी ललितपुरमा पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष श्रेष्ठले संविधान लेखनको जारी प्रक्रिया तत्काल रोक्न समेत माग   गरे ।

उनले वार्ता र सहमतिको नारा पनि भज्ने प्रक्रिया पनि जारी राख्ने सत्तारुढ दलको रबैयाले सहमतिमा समस्या उत्पन भएको बताए ।

श्रेष्ठले १२ बुँदे सहमति पछिका आन्दोलनका सहयात्री दलहरुका बीचमा न्युनतम सहमति नभै जारी भएको संविधान दिगो नहुने भएकाले सहमतिको विकल्प नरहेको बताए ।

श्रेष्टले कमसेकस चार शक्तिका बीचमा एक मत बनाएर संविधान बनाउन सक्नुपर्नेमा जोड दिदै आफुले त्यसको पहल गरिरहेको बताए ।

सम्बन्धित खबरहरु