काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद अन्त्य गर्न जनता पार्टीको सेवक नभई स्वाभिमानी र मालिक बन्नुपर्ने बताउनु भएको छ ।

अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद, भ्रष्टाचार, वेरोजगारी, धर्मपरिवर्तनको अन्त्य हुने पर्ने भन्दै सत्तामा पुग्न विदेशीशक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्तिको २०७९ मंसिर ४ को चुनावले अन्त्य गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष थापाले यो चुनावमा यि सवैको अन्त्यको लागि जनता पार्टीको सेवक होईन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्ने बताए ।

अध्यक्ष थापाले सामाजिक संजालमा लेख्नुहुन्छ “२०७९ मंसिर ४ को चुनावले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद, भ्रष्टाचार, वेरोजगारी, धर्मपरिवर्तन, सत्तामा पुग्न विदेशीशक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्छ, त्यसका लागि जनता पार्टीको सेवक होईन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ ।

सम्बन्धित खबरहरु