काठमाडौं । कलाकार दुर्गेश थापाले यस वर्षको तीज गीत ल्याएका छन् । मोडल समेत रहेका गायक थापाका यसअघि धेरै गीत विवादमा तानिएका थिए । उनी अहिले बिच्च बिच्चमाको ६ भाग लिएर आएका हुन् ।

गीत सार्वजनिक गर्दै उनले भनेका छन, ‘हाम्रो गाउँघरमा अझै पनी छोरीचेलीलाई स्कुल पढाउनुपर्छ, उच्च शिक्षा दिनुपर्छ भन्ने कुरामा मनमा चिसो राख्छन् ।

छोरालाइ झोला बोकाएर स्कुल पठाइरहदाँ छोरीलाई डोको बोकाएर गाईबस्तु लखेट्दै जंगल पठाउने गरेको सत्य हो, यथार्थ हो । यहि नेरीफेरीमा रहेर मैले समग्र छोरी/नारीको हक र सम्मानार्थ यस गीत लिएर आएको छु ।’

उनले थप भनेका छन्, ‘मलाई थाहा छ तपाँईहरुले सकारात्मक, राम्रो काम र प्रशंसनीय कुरामा पनी कहि न कहीको घटना परिघटना जोडेर आलोचना गरेर गाली दिन पछी पर्नु हुन्न ।

मेरो लागी दर्शक भन्दा ठुला भगवान र नारीलाई जति सम्मान कसैलाई छैन ।’ बाँकी तपाईंहरुको पोल्टामा आजबाट बिच्च बिच्चमा ६ ! सबैको जय होस ??❤️ ।’

https://youtu.be/8n8xZnQHWEQ

सम्बन्धित खबरहरु