काठमाडौं । सरकारले एमाले अध्यक्ष केपी ओलीको गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्ट पारेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले केहि सञ्चारमाध्यममा केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापीङ गरि गोपनियताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको बताउनुभएको हो ।

उहाले यस्तो भ्रममा कोहि पनि नपर्न अनुरोध गर्नुभएको छ । साथै प्रवक्ता कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्वर्द्धन गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

त्यस्तै मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले मध्य भोटेकोशी प्रसारण लाईन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने ।

https://youtu.be/s5If9OlQ8OI

निक्षेप सुरक्षणको सीमा तीन लाखबाट बृद्धि गरि पाँच लाख पुराउने निर्णय गरेको छ भने जापान सरकारका प्राप्त हुने करिव १४ अर्व ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै मन्त्रीपरिषद्ले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने, मन्त्रिपरिषद्को सहसचिव दिपक काफ्लेलाई सचिवमा वढुवा गर्ने र लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा वढुवा गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबरहरु