काठमाडौं । पछिल्लो पुस्ताकी चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छिन् । उनी केही समयअघि प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोड्ने निर्णयमा पुगेकी हुन् ।

आफूहरुबीच वैचारिक मतभेद भएका कारण सम्बन्ध थप अगाडि बढ्न नसकेको उनले जानकारी गराएकी छिन् । संगीतकर्मी समेत रहेका बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट भएको थियो । हेर्नुहोस् मेलिनाको फेसबुक स्टाटस

बिषय- Engagement तोडिएको जानकारी !

केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो ।

समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै Engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको Engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु ।

यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । 🙏

सम्बन्धित खबरहरु