काठमाडौं । अबको प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ ।

आइतबार (भोलि) बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुन लागेको हो ।

सङ्घीय संसद सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीमा यो कुरा उल्लेख गरिएको छ ।

कार्यसूचीको बुँदा नम्बर ४ मा गत वर्ष फागुन २९ को बैठकमा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले तत्कालिन प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराउनु भएको थियो । जबराविरुद्ध फागुन १ गते महाभियोग दर्ता भएको थियो ।

सो प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ् र जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । महाभियोग दर्तासँगै प्रधानन्यायाधीश स्वत: निलम्बन हुने व्यवस्था छ ।

सम्बन्धित खबरहरु