काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान पुगेर विश्वसामु झुट बोल्नुभएको छ ।

नेपालमा हुँदा केही न केही त झुट बोल्नु पचिरहेको नै थियो, तर विश्वसमुदायी सामु त्योपनि कुटनैतीक भ्रमणका बारेमा झुट बोल्नुभएको छ ।

उहाँले शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जापानमा नेपालीहरुको स्थिति बुझ्न आएको प्रतिक्रिया दिनुभयो ।

‘मैले एउटा त, नेपालीहरुको यहाँ कस्तो स्थिति छ ? नेपालले नेपालीहरुका लागि के चाहिँ गर्न आवश्यक छ त ?’ उहाँले भन्नुभयो, ‘चाहे कुनै व्यवासयमा हुने वा पढ्ने विद्यार्थीका लागि नेपालका तर्फबाट, नेपाल सरकार, नेपालको राजनीतिक नेतृत्वको तर्फबाट के गर्नपर्छ भन्ने अध्ययन गर्ने एउटा विषय छ ।’

त्यसपछि उहाँले झुट बोल्नुभयो, जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिँदै उहाँसँग भेट्ने इच्छा भने पूरा नभएको बताउनुभयो ।

‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आबे जो पूर्वप्रधानमन्त्री, उहाँलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ’ प्रचण्डले भन्नुभयो, ‘जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो ।

किनकी पूर्वपधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तिन पटक कुराकानी भएको थियो । असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टर्क्यासन (अन्तरक्रिया) राम्रो भएको थियो ।’

तर प्रचण्डले भनेजस्तो जापानका पूर्वप्रधानमन्त्री आबेले नेपाल भ्रमण गर्नुभएको नै थिएन । नेपालस्थित जापानी दूतावासका अनुसार आबेले नेपाल भ्रमण गरेको कुनै रकेर्ड छैन । सन् २००० को अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गर्नुभएको थियो ।

जापानी प्रधानमन्त्री नेपाल आएको यो एकमात्र घटना हो । त्यसपछि भने जापानका दुई जना परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्नुभएको छ । पछिल्लो पटक सन् २०१९ को जनवरीमा जापानी परराष्ट्रमन्त्री तारा कोनोले नेपाल भ्रमण गर्नुभएको छ ।

जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय आबेको गत महिना गोली हानेर हत्या भएको थियो । प्रचण्डले यो घटना असाध्य दुखद भएको र जापानका लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो । ‘उहाँलाई भेटेर नेपाल र जापनको सम्बन्ध अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो, त्यो पूरा भएन ।

असाध्यै दुखद घटना भयो, जाापानका लागि दुर्भाग्यपूर्ण घटना हो भन्नुभयो ।’ तर आबे नेपाल आउँनुभएको र प्रचण्डले भनेजस्तो भेट भएको भने होइन ।

सम्बन्धित खबरहरु