काठमाडौं । नेपाली कांग्रेसका सभापति वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई एक युवा राजनीतिज्ञ सागर ढकालले ठाडो राजनीतिक चुनौती दिँदै आउँनुभएको छ ।

बीबीसीको कार्यक्रम साझा सवालबाट ठाडो चुनौती दिनुभएका उहाँ संयोगपूर्ण समय ल्याउँदै आज चुनावी संग्राममा नै चुनौती दिन आइपुग्नुभएको छ ।

उहाँले डडेल्धुराबाट देउवाकै चुनावी क्षेत्रबाट अब चुनाव लडेर देउवालाई हराउँने ठोकुवा गर्नुभएको छ । उहाँले पाँच पटक प्रधानमन्त्री हुनुभएका देउवाले अहिलेसम्म आफ्नो गाउँ–ठाउँ र घरमा समेत नपुगेको, विकास गर्न नसकेकाले देशको अरु भागमा केही गर्न नसकेको दावी गर्नुभएको छ ।

अहिले उहाँ देउवाकै पुर्खौली घर पुग्नुभएको छ । त्यहाँको अवस्था अत्यन्तै कजोर भएको चित्रण गर्नुभएको छ ।

देउवाका काकी र आफन्तलाई समेत भिडियोमा राखेर देउवाको जीर्ण घर सागरले भिडियोमा देखाउँनुभएको छ । आफ्नो पुर्खौली घर समेत नजोगाएका कारण डडेल्धुरामा के संरक्षण गर्नुभयो, डडेल्धुरामा खै कहाँ विकास गर्नुभयो ? भन्दै प्रश्न उठाउँनुभएको छ ।

उहाँले अब देउवालाई हराएमा सामूहिक अभियान चलाएर देउवाको घरलाई संग्राहलयको रुपमा विकास गर्न घर बनाईदिने, त्यहाँसम्म बाटो बनाईदिने साथै डडेल्धुरामा हज्जारौ सडकहरु बनाईदिने बताउनुभयो ।

त्यहाँ स्थानीयसँग कुरा गर्दा देउवाको घर–छिमेकमा नै पिउने पानी, शिक्षाका लागि विद्यालय, स्वास्थ्य संस्थाको अवभावमा जनजीवन दयानीय अवस्था रहेको बताउँनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गाउँ गुजरात कस्तो छ ? त्यहाँ जो कोहीले खोजेर हेर्न सक्नुहुन्छ ।

विश्वका राष्ट्र प्रमुखहरुको आफ्नो पुर्खौली थलो कस्तो छ ? हेर्न सक्नुहुन्छ । तर नेपालमा पाँच–पाँच पटक प्रधानमन्त्री बनेका राजनीतिज्ञको पुर्खौली थलो त यस्तो छ भने बाँकी नेपालको चित्र कस्तो छ धेरै भनिराख्नुपर्ने अवस्था रहेन सागरले देउवाको घर अघि उभिएर भन्नुभयो ।

यो भन्दा अझै कष्टपूर्ण अवस्था नेपालका अधिकांश स्थानमा छ । त्यसैले अबको प्रधानमन्त्री को ? भन्ने बहस यहीबाट गर्न जरुरी छ । हजुरबुबाहरुलाई विदा गरेर अब नातीहरुले विजय जरुरी छ । नातीहरुको हातमा देशको सत्ताको ताला चाबी आउँनुपर्छ । अनि मात्र यो देशको मुहार फेर्न सकिन्छ । उहाँले भन्नुभयो ।

अब चुनावमा देउवालाई जसरीपनि हराउने उहाँ नै हो सागर ढकाल
पाँच वर्षअघि बीबीसी साझा सवाल कार्यक्रममा प्रश्न गर्दा हप्की खानुभएका सागर ढकाल प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनावी तयारीका लागि डडेलधुरा पुग्नुभएको छ ।

उहाँले एकिन गर्नुभएको छ कि म देउवालाई जसरीपनि हराउँछु । चौथो कार्यकाल प्रधानमन्त्री रहँदा सिंगापुरका लि क्वान युसँग जोडेर प्रश्न गर्नुभएका ढकालले हप्की खानु परेको थियो । तपाई बढ्ता (धेरै) बोल्नुहुन्दैछ भन्दै देउवाले हप्काउँनुभएको थियो ।

गुल्मीका ढकाल देउवाविरुद्ध चुनावी तयारीका लागि चुनावको मिति घोषणा नहुँदै डडेलधुरा पुग्नुभएको छ । ढकालले सामाजिक सञ्जालमार्फत देउवाविरुद्ध चुनावी प्रतिस्पर्धाका लागि आफू डडेलधुरातिर हिँडेको उल्लेख गर्नुभएको छ ।

देउवालाई हजुरबा भन्दै ढकालले आफूसँग प्रतिस्पर्धाका लागि तयार रहन पनि भन्नुभएको छ । उहाँले मेरो प्रतिस्पर्धी सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासँग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर) हात समाएर नातिसँगै जान यही पोस्टमार्फत अनुरोध गर्न चाहन्छुु, उहाँले भन्नुभएको छ, सुन्छु, डडेलधुराको विकट गाउँबाट चप्पल पड्काएर राजनीतिमा आउनुभएका हजुरबुवाले म जन्मिएदेखि जमीन टेक्नुभएको छैन। नेपाली जनताको पीडा सत्ताको मोहमा बिर्सनु भएको छ। परिवारवादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नु भएको छ।

उहाँले नातिपुस्ताको सक्रियताले हजुरबा पुस्तालाई राजनीतिबाट विश्राम दिने पनि तर्क गर्नुभएको छ । ‘अब हजुरबुवालाई आराम दिने निर्णय नाति पुस्ताले गरेको छ। आशा छ हजुरबुबाहरू चाँडै रिटायर हुनुहुनेछ, उहाँले अगाडि भन्नुभएको छ, ‘हजुरबुवा रिटायर भएका दिन नातिहरूले झोलुंगामा राखेर, शान्तिको पाठ पढाउँदै, मिठो चिया पकाएर दिनेछन्। ’

उहाँले आगामी चुनावका लागि कार्यान्वयन पत्र छिट्टै सार्वजनिक गर्ने बताउनुभएको छ । सिंगापुर र चीन जस्तो एक पुस्तामै आमूल कायापलट हुने गरि विकास गर्न सक्छौँ सक्दैनौँ अहिले भन्न सकिन्न, उहाँले भन्नुभएको छ, अबको २–३ महिनामा सम्भावित प्रधानमन्त्रीसहित चीन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौँ।

सागर ढकाल बारे जान्नुहोस्
सागर ढकाल २०४८ सालमा गुल्मीमा जन्मिएको हो । उहाँ एकदम गरिब परिवारबाट आउँनुभएको छ ।

उहाँको परिवारमा पर–परसम्मपनि कसैले राजनीति गर्नुभएन । उहाँको परिवारबाट विश्वविद्यालयमा पाईला राख्ने समेत उहाँ नै पहिलो व्यक्ति हुनुहुन्थ्यो । सन् २०१० मा उहाँले ५ नम्बरमा नाम निकाल्दै पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा हाइड्रो मेकानिकलमा इन्जिनियर अध्ययन सुरु गर्नुभयो ।

उहाँले क्याम्पसमा पढ्दै ७ वटा विषयसँग सम्बन्धित किताब समेत प्रकाशन गर्नुभएको थियो । जुन २५ हजारभन्दा बढी प्रति बिक्रि भएका थिए । उहाँ जस्तै इन्जिनियरिङ्गको तयारी गर्नेलाई लक्षित गरि लेखिएका पुस्तकको माग धान्न नै हम्मे–हम्मे थियो । किताब लेख्नेसँगै उहाँले १९ बर्षको उमेरदेखि नै पढाउनपनि थाल्नुभएको थियो ।

इन्जिनियरिङ्ग सकेर उहाँले उर्जा मन्त्रालय अन्तरगतको एउटा जलविद्युत कम्पनीमा काम समेत गर्नुभयो । त्यही समय थियो उहाँले बीबीसीको साझा सवालमा नेपालका प्रधानमन्त्री मध्ये किन अक्सफोर्ड विश्वविद्यालय पढेकाहरु पुगेका छैनन् ?

यो प्रश्नमा देउवाले उहाँलाई हप्काउनुभएको थियो । उहाँले भने त्यही बेला अक्सफोर्ड विश्वविद्यालय अध्ययनका लागि तयारी गरिरहनुभएको थियो । नभन्दै अक्सफोर्ड विश्वविद्यालय पूर्ण छात्रावृत्तीमा स्नातकोत्तर अध्ययनका लागि सफल हुनुभयो ।

उहाँले त्यहाँ पोलिसी एन्ड म्यानेजमेन्ट विषयमा एमएसी (स्नातकोत्तर) को अध्ययन गर्नुभयो । अक्सफोर्ड विश्वविद्यालय रहँदा विश्वका शक्तिशाली व्यक्तिहरुसँग भेटेको, एउटै स्थानमा बिताएको उहाँले बताउनुभएको छ ।

अक्सफोर्ड विश्वविद्यालयको पढाई सकेर उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय चीन सरकार, संयुक्त राष्ट्रसंघ, रेडक्रस जेनेभा, डक्टर्स विथवाउट बोर्डर्स लगायतका स्थानमा काम गर्नुभएको छ ।

पढाई र कामका शिलशिलामा २० देशभन्दा बढी देशमा पुग्नुभएका सागरले अहिले सबै कुरा त्यागेर प्रधानमन्त्री देउवालाई हराउँन चुनावी मैदानमा होमिने निर्णय गर्नुभएको छ ।

देउवालाई प्रश्न सोध्ने बेला सागरले पुलचोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बिई गर्नुभएको थियो ।

४१० मेगावाटको नलसिङगाड जलविद्युत आयोजनामा करारको काम समेत गरिरहनुभएको थियो । पढाई सकेपछि उहाँले चीनको जल मन्त्रालयमा साना जलविद्युत परियोजनाबारे काम गर्ने इन्टरनेशनल सेन्टर अन स्मल हाइड्रोपावरमा केही महिना काम गर्नुभयो ।

भारतको बैंगलुरू बाट स्वामी विवेकानन्द इन्स्टिच्युटमा योगाको तालिम लिनुभयो । अहिले सागर सँग तिन सय घण्टा योगा तालिम लिएको सर्टिफिकेट पनि छ । उक्त तालिमपछि उहाँ आफू अफ्रिकी मुलुक सुडान पुगेको बताउँनुहुन्छ ।

त्यो डक्टर्स विथवाउट बोर्डर्सको परियोजना थियो। इथियोपियाको द्वन्द्वबाट पीडित भएर शरणार्थीका रूपमा इथियोपिया आउनेहरूलाई स्वच्छ पिउने पानी र अरू सरसफाइको व्यवस्था गर्ने काम गर्ने गरेको उहाँको भनाई छ ।

६ महिना जति सुडानमा काम गरेपछि मध्य एसियाली मुलुक किर्गिस्तानमा डक्टर्स विथवाउट बोर्डर्सको अर्को प्रोजेक्टमा काम गरेको अनुभव रहेको पनि उहाँको दाबी छ । यसका साथै, उहाँले आफ्नै सल्लाहकार कम्पनीमा १० देखी १२ जना ईन्जिनीयरको टिम लिड गर्दै आउनुभएको छ ।

भिडियो हेर्नुहोस्
https://youtu.be/t4QBpJKmkYw

 

सम्बन्धित खबरहरु