काठमाडौं । प्राविधिक रुपमा आर्थिक सहयोग गर्नसक्नेहरुले भेटेर वा प्रविधिको प्रयोग गरे आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु ।

जतिसक्दो धेरै सहयोगी मनसम्म पुर्याउँन आफ्ना समाजिक सञ्जाल र पेज ग्रुपहरुमा साझा गरिदिनु हार्दिक अपिल गर्दछु ।

सर / म्याम तमाम नेपाली दाजु-भाई, दिदि-बहिनी, आमा-बुबा सबैमा नमस्कार, मेरो घर दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका वडा नं. ७ पन्तपालि टोलमा हो ।

म एक सामान्य घर परिवारको व्यति हुँ । मैले स्नातक तहको शिक्षा अध्ययन गरेको छु । तर अझै बेरोजगार नै छु ।

गाउँमा घर मै खेती पाति गर्दै आएको छु । मेरो २०६४ सालमा डिभिआर गरि गंगालाल राष्ट्रिय हृदय केन्द्र बासबारीमा फलोप गरिराखेको छु, हामि दुई दाजु भाई हौँ । मभन्दा जेठो दाई ( केशव बहादुर चन्द जन्म मिति २०४४ / ०५ / ०४ ) हुनुहुन्थ्यो किर्तिपुर विश्वविद्यालयमा मास्टर डबल डिग्री गरेर जागिर गर्दै हुनुहुन्थ्यो ।

तर २०७१ सालमा किर्तिपुरमा नै उहाँ माथि सांघातिक आक्रमण गरियो र टाउकामा गम्भिर चोट पुग्यो । त्यस पश्चात् शिक्षण अस्पताल महाराजगञ्जमा अप्रेशन गर्दा मान्छे बाँच्न त बाच्यो आहिलेसम्म अरुको सहारामा बाँच्नु परेको अवस्थामा हुनुहुन्छ । दिमागी हालत ठिक छैन ।

बोल्न पटैक्कै सक्नुहुन्न । लेख्न वा दिसा–पिसाब आफै गर्छु भन्न समेत नसक्नेगरी पूर्ण रुपमा कोमामा ( वेहासी ) हुनुहुन्छ । अहिलेसम्मपनि उहाँको उपचार भइरहेको छ ।

मेरो दाजुलाई सांघातिक आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले समात्यो । सरकारवादी मुद्दा चलायो । जिल्ला अदालत काठमाडौंमा तर न्याय अपराधिको पक्षमा गरायो । दाई अस्पताल मै हुनुहुन्थ्यो । फेरि पुनारावेदन गरियो । पुनरावेदन अदालतले भने अपराधिलाई दोषि ठहर गर्यो ।

उनीहरुलाई ५–५ बर्ष कैद र जनही २५ हजार जरिवान तोक्यो । पुरै ५ बर्ष लाग्यो मुद्दा लड्न । मेरो घर परिवारको विचल्ली नै पारिदियो । पछि फेरी मुद्धा सर्वोच्च अदालत गएको छ । जेल जानबाट बच्न उनीहरुले मुद्धा सर्वोच्चमा दायर गरे । न जरिवाना तिरेको छ न क्षतिपूर्ती दिएको छ । सर्वोच्चले मुद्धा फैसला नगरेकाले पुनरावेदनबाट आदेश दिएर अपराधि ठहर भएका व्यक्तिहरु खुलेआम हिँडिरहेका छन् । मलाई र मेरो परिवारलाई मेरो सानै उमेरमा बर्वाद बनाईदियो । मलाई कसले न्याय दिने ? म र मेरो परिवार पुरै छटपटाएर बसेका छौ ।

अब अहिले आएर आमा (कलावती चन्द वर्ष ६८) लाई फोक्सोमा क्यान्सर देखिएको छ । उहाँको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

एउटा सामान्य घरको मान्छेलाई यस्तो खाले समस्या आउछ भने कसरी धान्न सक्नु भन्ने मानसिकताले मलाई विचलित बनाएको छ । उपचार गर्न एकदमै गाह्रो भो । मलाई आर्थिक सहयोगको खाचो परेको हुनाले आमाको र दाईको उपचार गराउँनका लागि सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

तपाईहरुको सानो सहयोगले हाम्रो परिवार नै बाँच्ने अपेक्षा राखेका छौ । मलाई भक्तपुर अस्पतालमा सिँधा भेटेर वा तल उल्लेख गरिकाएको विवरणमा सहयोग गरिदिएर साथ दिनुहुन्छ भन्ने आशा राखेका छौँ ।

अस्पतालको वेडमा नयाँ जीवनको आशा बोकेर बस्नुभएकी आमा बचाउँन सके भने म आफू र आफ्नो परिवार पाल्नेगरी काम गर्न सक्छु । उपचार खर्चका लागि पुग्नेगरी मात्र सहयोग भएपनि सहयोगी हात फैलाउँन रोक्नेछु ।

Help / ( Son And Brother )
Account Name :- Narendra Bahadur Chand
Account Number :- 0890931556901345
Bank Name :- machhapuchhre bank
Branch :- Darchula

Contact Number :- 9848849181

आर्थिक सहयोग संवेदनशिल विषय भएकाले पुष्ट्याईँका लागि माग गरिएका र राखिएका प्रमाण र प्रमाणपत्रहरु तपसिल बमोजिम छन् । आर्थिक सहयोगका लागि हाम्रो तर्फबाटपनि हार्दिक अपिल गर्दछौ । तपाईहरुको सानो सहयोगले एउटाको होइन परिवारको जीवन बाँच्नेछ । - जनबोली परिवार

सम्बन्धित खबरहरु