काठमाडौं । नेकपा (एमाले) फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी बनाउँन राम्रै भूमिका खेल्नुभएका तीन पात्र रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान आफ्नै घर नेकपा (एमाले) मा फर्किने लगभग निश्चित जस्तै भएको छ ।

किसानले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, झाँक्रीले सहरी विकास मन्त्री र आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पद गुमाएपछि पार्टी भित्र संघर्ष गरिरहनुभएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसँग उहाँहरुले दुरी बढाइसक्नुभएको छ । ऋषि धमलाको एक टेलिभिजन कार्यक्रममा हिजो मात्र झाँक्रीले अध्यक्ष नेपालविरुद्ध चर्को अभिव्यक्ति दिनुभयो ।

त्यसमा झाँक्रीलाई गलत देखाउँदै सम्पूर्ण पार्टी पंक्ति नै झाँक्रीविरुद्ध लागेको छ । झाँक्रीले रौटहटमा सरकारी प्रक्रिया नै नपुगेका विकास निर्माणमा शिलान्यास गरेर नाटक गरेको भन्दै अध्यक्ष नेपालको चर्को आलोचना गर्नुभयो ।

त्यो काम प्रमुख प्रतिस्पर्धी दलकापनि तल्लो स्तरका नेताले गर्ने हो । त्यो आलोचनाले बुझ्न सकिन्छ कि अब झाँक्री लामो समय माधवकुमार नेपाल नेतृत्वको पार्टीमा बस्न सक्नुहुन्छ । उहाँले त पद गुमाउँने दिन नै अब मेरो लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल मरे सरह भयो भनेर अभिव्यक्ति नै दिइसक्नुभएको छ ।

त्यसपछि नेपालसँग झाँक्रीको खासै बोलचाल नै छैन । पार्टीको सचिव भएपनि अहिले झाँक्रीलाई नेतृत्वले खासै महत्व दिँदैन । अरु दुई नेतापनि केपी शर्मा ओली निकट हुँदाहुँदैपनि पदका लागि नै मात्र माधवकुमार नेपालको कित्तामा जानुभएको थियो ।

तर छोटो समयमा नै अपमानपूर्ण ढंगले पद खोसिएपछि अब उक्त पार्टी छोड्ने सोचमा हुनुहुन्छ । नेकपा (एमाले) का शीर्ष नेताहरुसँग उहाँहरुले सम्वाद थालिसक्नुभएको छ । आफूसँग पैसापनि भएकाले पैसाको लगानी गरेर भएपनि एमालेमा लागे प्रत्यक्षमा नै प्रतिनिधिसभामा चुनाव जित्न सकिन्छ भन्ने उहाँहरुको आँकलन छ ।

त्यसो हुँदा चुनावकै लागि भएपनि एमाले फर्किने उहाँहरुको सोच छ । गठबन्धन कायम रहँदा उहाँहरुको क्षेत्रमा उहाँहरुले टिकट नपाउँने देखिन्छ ।

पाएपनि अध्यक्ष र शीर्ष नेतासँग नै दुरी बढाएकाले पार्टी पंक्तिले हराईदिने उहाँहरुमा भय छ । झाँक्रीलाईपनि अब एमालेमा एउटा पंक्ति सहित लिएर फर्किएमा कार्यकर्ताको साथ पाउँने आशा छ । विगतमा बाटो विराईहालेपनि सच्चिने मौका यही हो भन्नेछ ।

चुनावी हिसाब–किताबको बेला भएकाले अहिले पार्टी प्रवेश गराउँन अध्यक्ष ओलीपनि नरम भएकाले यही मौका छोप्दै केही दिनमा एमालेमा आउँने तयारी रहेको स्रातेले पुष्टि गरेको छ ।

यसो त अहिले अधिकांश नेता-कार्यकर्ताहरु नेकपा (एस) छोडेर धमाधम आफ्नै मुल पार्टी नेकपा (एमाले) मा फर्किदै छन् । राजनीतिक सुरुवातदेखि नै माधवकुमार नेपालको कित्तामा उभिएर एमालेभित्र हुँदापनि ओलीविरुद्धको कुटबन्दीको कित्तामा उभिने नेपाल निजामति कर्मचारी संगठनका पूर्व अध्यक्ष भोला पोखरेलपनि आजै एमालेमा प्रवेश गर्नुभयो । कयौँ नेता-कार्यकर्ताहरु एमालेमा फर्किने लहर नै चलेको छ ।

सम्बन्धित खबरहरु