जनकपुरधाम । नेपालबाट भारततर्फ लैजाँदै गरेको बालुवा लोड गरिएको ट्रयाक्टर पक्राउ गरिएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको प्रहरीको गस्ती टोलीले धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ महिनाथपुरस्थितबाट लोड गरिएको बालुवा नियन्त्रणमा लिएको छ ।

नेपालबाट चोरी निकासी गरी नदीजन्य वस्तुको ओसारपोसार गरिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको टोलीले ज १ त ८९७९ नम्बरको ट्रयाक्टरमा लोड गरिएको बालुवा नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) निरञ्जन घिमिरेका अनुसार, चोरी निकासी गरी बिना भन्सारको भारततर्फ पैठारी गरिरहेको अवस्थामा दशगजाबाट नै नियन्त्रणमा लिएको हो ।

प्रहरीको गस्ती टोली पुगेपछि ट्राक्टर चालकले ट्राक्टर छाडेर फरार भएका छन् भने बालुवासहित ट्रयाक्टर नियन्त्रणमा लिएर भन्सारमा पठाएको हो । ट्रयाक्टरसहित बालुवाको मूल्य करिब १४ लाख निर्धारण गरि भन्सार कार्यालयमा बुझाइएको हो ।

नदीजन्य पदार्थ उत्खनन गरी यहाँबाट तस्करहरुले भारतर्फ बालुवा गिट्टी पैठारी गरिरहेको जनगुनासो बढेपछि प्रहरीले थप निगरानी थालेको छ । यस्ता वस्तुहरु भारत पैठारी गर्दा भन्सार बुझाउनुपर्ने प्रावधान छ ।

खुल्ला बोर्डरको कारण तस्करहरुले प्रहरीलाई समेत चुनौती दिएको छ । सो ट्रयाक्टर तिनकौरियास्थित एक व्यापारीको रहेको खुलेको छ ।

 

सम्बन्धित खबरहरु