धनगढी । सुलिन धमलाको विस्फोटक ब्याटिङको मदतमा जेभियर ईन्टरनेशनललाई हराउँदै सनराइज उच्च मावि कञ्चनपुर एसपीए कप क्रिकेटको सनराईज क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा सनराइजले जेभियरलाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजले सुनिलको शतकको मदतमा २० ओभरमा १ विकेट गुमाएर २४५ रज बनायो ।
उसका लागि ओपनिङ जोडी सुनिल र अमित श्रेष्ठले पहिलो विकेटका लागि २१५ रनको साझेदारी गरेका थिए ।
पहिलो विकेटका रुपमा अमित श्रेष्ठ १६.५ ओभरमा ८३ रनमा आउट भए । सुनिल धमलाले अविजित ६८ बलमा १४ चौका र ६ छक्कासहित १२७ रनको उत्कृष्ट पारी खेले ।
जवाफमा मैदान उत्रिएको जेभियरको टीम १९.२ ओभरमा सवै विकेट गुमाएर ७८ रनमा मात्र सिमित भए । अविनाश कर्णले ४ ललित भण्डारी तथा सुनिल भण्डारीले २ विकेट लिए ।
खेलमा सुनिल म्यान अफ दि म्याच बने ।
शनिबार नै भएको अर्को खेलमा न्यू होराइजनले कैलाली बहुमुखी क्याम्पसलाई १३७ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको होराइजनले १९.३ ओभरमा ६ विकेट गुमाएर १९३ रन बनायो । उसका लागि प्रकाश केसीले ६२, सन्दिप सुनारले ३९ र सोमपाल कामीले २८ रन बनाए ।
कैलाली बहुमुखी क्याम्पस सुरुवातदेखि नै कमजोर रह्यो । विपिन रावलले २१ रन तथा रोमन बलमे १५ बाहेक अन्यले राम्रो खेल्न सकेनन ।
कैलालीको ५ विकेट लिएका राहुल प्रजापति म्यान अफ दि म्याच बने ।