काठमाडौं । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । उक्त घटनामा २४ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हफिजाबाद जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

शनिबार जलालपुर भट्टियान शहरमा तीव्र गतिका कारण सो दुर्घटना भएको बताइएको छ । उद्धार टोलीले क्रेनको सहयोगमा बसलाई पानीबाट बाहिर निकाल्ने प्रयास गरेको समाचारमा जनाइएको छ ।

पाकिस्तान प्रशासित काश्मिरको नीलम भ्याली जिल्लामा कारको ठक्करबाट तीन वटा जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

पूराना सवारी साधन, कमजोर सडक संरचना र चालकको लापर्बाहीका कारण पाकिस्तानमा बर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउनेगरेका छन् ।

सम्बन्धित खबरहरु