काठमाडौं । वाईवाई मिस धरान आईकन-२०२२ को उपाधी आसमाया राइले जितेकी छन् ।

ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको ब्यवस्थापनमा आयोजना भएको यो शौन्दर्य प्रतियोगिता शुक्रबार सदनसभा हल धरानमा सम्पन्न भएको थियो ।

राइले बिजेताको उपाधी, क्राउन संगै नगद ५० हजार जितेकी छन् भने हङकङ भ्रमणको पनि मौका पाएकी छन् ।

यस्तै मिस धरान आइकनको फिनालेबाट प्रजना राई फर्स्ट रनरअप बनेकी छ भने स्वेता विश्वकर्मा पोख्रेल सेकेन्ड रनरप बन्न सफल भएकी छन् ।

राइ र विश्वकर्माले क्रमशः नगद ३० हजार र २० हजारसंगै क्राउन र अन्य पुरस्कारको साथमा विभिन्न अवसरहरु प्राप्त गरेकी छन् ।

धरानमा पहिलोपल्ट आयोजना भएको यो प्रतियोगिताको टाइटल स्पोन्सरमा वाइवाइ चाउचाउ रहेको थियो । ग्रान्ड फिनालेबाट निवा लिम्बुले मिस पर्सनालिटी, स्वेता पोखरेलले मिस वेष्टवाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठले मिस फोटोजेनिक, सेलि श्रेष्ठले मिस मल्टिमिडिया, रोजनी लिम्बुले भ्युवर्स च्वाईस, जेनिस्ना श्रेष्ठले मिस डिसिप्लिन, विपिका लिम्बुले मिस कल्चरल ड्रेस र सृष्टि लामाले मिस चार्मिङ सव टाईटलको अवार्ड हात पारेका छन् । मिस धरानको अडिसनमा ५० जना धराने युवतिहरुको सहभागीता रहेको ब्यवस्थापक साहाराका सौगात रिजालले जानकारी गाराए ।

अडिसन पश्चात् १८ जना फाइनल चरणका लागी छनौट भएका थिए भने ग्राण्ड फिनालेबाट उत्कृष्ट १२, उत्कृष्ट ५ हुँदै विजेता छनोट गरिएको थियो । मिस तामांग २०१९ प्रदेश १ बिजेता तथा मिस टुरिजम क्विन वर्ल्डवाइड २०१९ मा बेस्ट इस्माइलको टाइटल बिजेता भएकी कोरियोग्राफर प्रजिता तामाङको कोरियोग्राफीमा मञ्चमा उत्रिएका १८ प्रतिष्पर्धीलाई तालिमका क्रममा ब्यक्तित्व विकास, क्याटवाल्क, वातावरण तथा सरसफाइ सम्बन्धि विभिन्न तालिम र कार्यक्रमहरुमा समेत सहभागी गराइएको अर्गनाइजर ब्ल्याक पिगका हरिहाङ तिगेलाले जानकारी गराए ।

वाइवाइ मिस धरान आइकन ग्राण्ड फिनालेको मुख्य निर्णायकमा शिवराज श्रेष्ठ रहेका थिए भने अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिका मोते, मिस पूर्वाञ्चल २०१७ की फस्टरनरअप सिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिंकका सञ्चालक पवन अधिकारी र रंगकर्मी नविन मेन्याङ्वोले निर्णायकिय भुमिका निर्वाह गरेका थिए । फाइनल कार्यक्रममा गायिका सरला श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबरहरु