काठमाडौं । रात्री बस दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । बसमा सवार १५ जनालाई सामान्य चोटपटक लागेका छ । काठमाडौंबाट काँकडभित्ता गइरहेको बस दुर्घटनामा परेको हो ।

धनुषाको विरेन्द्र बजारस्थित पूर्व–पश्चिम लोकमार्गमा सोमबार बिहान बस दुर्घटनामा परेको प्रहरीले जानकारी गराएको छ । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको सुपर अग्नी रात्री बस सोमबार बिहान ४ बजे दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले गणेशमान चारनाथ नगरपालिका–१ स्थित लोकमार्गमा बस पल्टिएको जानकारी दिनुभयो । उहाँका अनुसार बस दुर्घटनामा परी पाँच जना गम्भीर घाइते र १५ जनालाई सामान्य चोटपटक लागेको छ ।

गम्भीर घाइतेलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको र सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन् ।

सम्बन्धित खबरहरु