काठमाडौं । युरोपेली संघ (ईयू) को ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू हुँदैछ ।

युक्रेन र रुसको युद्धका कारण उत्पन्न ऊर्जा संकटको सामना गर्न आजदेखि ईयूमा आवद्ध देशहरुले १५ प्रतिशतले ग्यास खपत कटौती गर्ने योजना कार्यान्वयनमा ल्याउन लागेका हुन् ।

दुई हप्ता अगाडि २७ राष्ट्र सम्मिलित युरोपेली संघ (ईयू) ले ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने सहमती गरेका थिए ।

यूक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले आजदेखि कार्यान्वयनमा ल्याउन लागिएको इयूले विज्ञप्तिमार्फत् जनाएको छ ।

चिसो मौसममा ग्यासको भण्डारणलाई समयमै बलियो बनाउन सक्षम हुनका लागि अहिलेदेखि यस्तो निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय हो ।

केही ईयूमा आवद्ध देशहरुले यो नियमलाई पालना गर्न असम्भव भएको बताएका थिए ।

तर यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्यास कटौतीका लागि बाध्यकारी बनाउँदछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

सम्बन्धित खबरहरु