काठमाडौं । अस्ट्रेलियामा अहिले धेरै नेपाली बसोबास गर्छन् । नेपालीको संख्या उच्च रहेको पछिल्लो जनगणनाले देखाएको छ ।

त्यहाँ नेपाल समुदाय, नेपाली बजार प्रसस्त देख्न पाइन्छ । अस्ट्रेलियाको ब्रिजबेनमा एउटा सुन पसल छ । त्यहाँ काम गर्नेहरुपनि नेपाली छन् र मालिकपनि नेपाली हुन् । नेपाली प्रचार बोर्ड राखिएको छ ।

नेपाली भाषा र नेपाली शैलीमा नै पसललाई झकिझकाउँ गरिएको देखिन्छ । त्यो क्वीन्सल्याण्डकै पहिलो सुन पसल हो । उक्त सुन पसलका साहु जी हुनुहुन्छ, तेजेन्द्र घिमिरे । रेखा घिमिरे उहाँ साहुनी हुनुहुन्छ ।

साहु भन्ने वित्तिकै मालिक बुझिन्छ । सुन पसलमा सम्पूर्ण गहनाहरु पाइने तेजेन्द्र बताउँनुहुन्छ । २२ क्यारेट र २४ क्यारेटमा सबै गहना बन्ने उहाँले बताउँनुभयो । यहाँ विवाह, व्रतबन्ध, पास्नी सबै कर्मका लागि आवश्यक पर्ने गहना र धातुका भाँडा वर्तनहरु पाइनेछ ।

नेपाली सबै समुदायका मानिसले प्रयोग गर्ने हरेक गहना पाइने तेजेन्द्रले बताउँनुभएको छ । यो गहना पसलको नाम पोखरा बाराही ज्वलरी हो ।

ब्रिजबेनको लट्रिजमा छ । तेजेन्द्रले भन्नुभयो मेरो बाजेदेखिकै पेसा सुन पसल हो । तीन पुस्ताले गरेको पेसा हामीले किन नगर्ने भनेर दाजुभाईले नै थालेका हौँ ।

सुरुमा म पढ्न बेलायत गए । त्यहाँ दाजुसँग मिलेर सुन पसल खोलेका थियौँ । त्यहाँपनि राम्रो फिडव्याक थियो । यो सुन खरिद अत्यन्तै आवश्यक छ । सुन खरिद बचतपनि हो । त्यो खाँचो म अस्ट्रेलिया आएपछिपनि देखे ।

सुरुमा आजभन्दा ४ बर्ष पहिले नेपाली समुदायमा रहेको सानो पोस्टमा पसल खोलेको थिए ।

त्यहाँबाट राम्रो प्रतिक्रिया आएपछि राम्रो स्थानको खोजीमा थिए । यो ठाउँ उपयुक्त पाए उहाँले भन्नुभयो । हातले बनाउँने गहनाहरु त्यही बन्ने गरेका छन् । मेसिनले बनाउँने गहनाहरु सिंगापुर, दुबाई लगायतका सहरबाट आउँने तेजेन्द्रले बताउँनुभयो ।

 

सम्बन्धित खबरहरु