काठमाडौं । २४ फेब्रुअरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र घाइते भएका हुन सक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसी नागरिकको मृत्यु भएको हुन सक्छ’, रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भन्नुभयो ।

यो अवधिमा रुसी सेनाले तीनदेखि चार सशस्त्र वाहनहरू पनि गुमाएको पनि उहाँले बताउनुभयो ।

युद्धको सुरुमा रुसीहरुले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उहाँले दाबी गर्नुभएको छ । रुसले युक्रेनविरुद्धको हमला तीब्र पारिरहेको बेला किभलाई पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् ।

ब्रुनाईका सुल्तानद्वारा आसियानको एकतामा जोड
ब्रुनाईका सुल्तान हाजी हसनल बोल्कियाहले सोमबार आसियान (दक्षिण पूर्व एसियाली राष्ट्रहरूको सङ्घ) सदस्य राष्ट्रहरूलाई १० देशको ब्लकको केन्द्रीयता र एकतालाई मजबुद राख्न आह्वान गर्नुभएको छ ।

सोमबार पर्ने आसियान दिवसका उपलक्ष्यमा आफ्नो सन्देशमा सुल्तानले सो आह्वान गर्नुभएको हो । यसवर्ष आसियानको ५५औँ स्थापना दिवस हो ।

“आसियान दिवसले हामीलाई हाम्रा उपलब्धिहरू संरक्षण गर्दै जन–उन्मुख, जन–केन्द्रित आसियानको महसुस गर्ने वातावरण निर्माण गर्नेछ ।

“कोभिड–१९ महामारीका कारण उत्पन्न अवरोधदेखि भू–राजनीतिक प्रतिस्पर्धासम्म यस क्षेत्रले वर्षौंदेखि सामना गरेको चुनौतीका बाबजुद पनि आसियानले यस क्षेत्रको पुनःस्थापना र शान्ति र समृद्धिको निरन्तर विकासलाई अगाडि बढाउन आफ्ना सदस्य राष्ट्रहरू र बाह्य साझेदारहरूसँग मिलेर काम गरिरहने छ ।“ सुल्तानले थप्नुभएको छ ।

“आसियान सदस्य राष्ट्रहरू मिलेर एकता कायम गर्दै सामुदायिक लक्ष्य प्राप्तिको दिशामा अगाडि बढ्नुपर्ने छ ।

यो घनिष्ठ सहयोग र समन्वयबाट मात्रै प्राप्त गर्न सकिन्छ जहाँ हामी चुनौतीहरूलाई सम्बोधन गर्न र हाम्रो पारस्परिक हितका लागि उत्पन्न हुने अवसरहरूको फाइदा लिन सक्षम छौँ,“ सुल्तानले थप जोड दिनुभएको छ ।

उहाँले ब्रुनाई सधैँ सदस्य राष्ट्रहरू बीच सहकार्य गर्दै यस क्षेत्रमा दीर्घकालीन शान्ति, सुरक्षा, विकास, आर्थिक वृद्धिका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सम्बन्धित खबरहरु