काठमाडौं । चर्चित निर्माता तथा निर्देशक महेश भट्ट बलिउडमा विवादको लामो इतिहास रहेको नाम हो ।

कहिलेकाही महेश भट्टले आफ्नै विवादास्पद बयानका कारण त कहिलेकाही सेलिब्रेटीहरूले लगाएको आरोपका कारण धेरै बदनामीको सामना गर्नु परेको छ।

जसमा पाकिस्तानी अभिनेत्री मीराको नाम पनि सामेल छ, जसले महेश भट्टमाथि आफूलाई शोषण गरेको आरोप लगाएकी थिइन्, जसका कारण उनले बलिउड छोड्नुपरेको थियो ।

कराचीमा टाइम्स अफ इन्डियासँगको कुराकानीमा मीराले महेश भट्टले आफूलाई अरू कुनै निर्देशकसँग काम गर्न नदिएको बताइन् । यिनै कारणले आफूले बलिउड छोडेर फर्कने प्रयास गर्दा समेत उनले आउन नदिएको स्मरण गराइन् ।

बलिउडको यात्रा सजिलो थिएन
मीराले भनिन्, ‘बलिउडमा काम गर्नु राम्रो अनुभव थियो । भारतीय दर्शकबाट धेरै माया पाएको छु । तर, बलिउडको यात्रा मेरा लागि सहज थिएन । धेरै कठिनाइहरू थिए तर मैले हार मानिन।

सुरुका दिनहरूमा बलिउड मेरो लागि बिल्कुलै नयाँ थियो। म महेश भट्ट बाहेक मुम्बईमा कसैलाई चिन्दिन थिए । मानिसहरू चिन्न धेरै समय लाग्यो।

महेश भट्टले मलाई उद्योगमा परिचय गराए। म महेश जी लाई धेरै सम्मान गर्थे। उनी मेरो गुरु हुन् । मेरो सफलताको श्रेय पनि उनलाई नै दिनेछु । तर उनमा केही गलत भाव छ । त्यो पर्दा मैले खोल्नुपर्छ उनले भनिन् ।

जब महेश भट्टले मीरालाई थप्पड हाने
मीराले भनिन्, ‘जब मैले फिल्म ‘नजर’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिएँ । मलाई रामगोपाल वर्मा, मणिरत्नम, सुभाष घई जस्ता धेरै चर्चित निर्देशकहरुबाट अफर आयो जो मसँग काम गर्न चाहन्थे ।

तर महेश भट्टले म उनी बाहेक अरू कसैसँग काम गर्न चाहँदैन थिए । एक रात सुभाष घईलाई भेटेँ । जब मैले महेश जीलाई यो कुरा भने, उनी एकदमै रिसाए, मलाई चिच्याउदै, कराउँदै दुई(तीन पटक थप्पड हाने ।

पहिले छोरी त्यसपछि विशेष
मीराले थप भनिन्, ‘मलाई थाहा छैन किन उनी धेरै अनौठो कुरा गर्थे । तिमि मेरो लागि पुजा (छोरी) जस्तै छौ भन्थे । तिमी र पूजामा फरक छैन।

अनि केहि समय पछि भन्न थाले कि म तिमीलाई धेरै माया गर्छु र तिमी मेरो लागि धेरै विशेष छौ। उनले मबाट के चाहान्थे भन्न गाह्रो छ। छोरी भन्ने अनि विपरित लिंगीको आकर्षण र प्रेमका कुरा गर्ने महेश अजीव छ । राति कोठामा आउँछु । एकसाथ सुतौँ जस्ता फोन आउँदा म छक्क पर्थे ।

महेश जीले सबै बाटो बन्द गरे
मीराले भनिन्, ‘एकपटक हामीबीच झगडा भयो, त्यसपछि उनले मसँग माफी मागे । त्यसपछि महेशले मलाई तिम्रो समस्या अहिले सम्हाल्न सक्दिन भने पाकिस्तान फर्किदा राम्रो हुने बताए । म गएँ।

तर म फर्कन चाहँदा उनीहरूले मलाई आउन दिएनन् । अब मलाई बलिउडमा प्रवेश गर्ने कुनै आशा छैन । उसले मेरा सबै बाटो रोकिदियो । म धेरै रिसाएको थिएँ, म आफैंले मेरो गल्ती के थियो भन्ने गर्थें। यद्यपि मैले अहिलेसम्म महेश जीलाई बुझ्न सकेको छैन।

सम्बन्धित खबरहरु