काठमाडौं । तीज आउनु भन्दा झण्डै एक महिना पहिले नै नेपाली सांगेतिक बजारमा तीजका गीत आउने गर्छन् । हरेक वर्षजस्तै यस वर्ष पनि एकपछि अर्को गर्दै तीजका कोशेलीहरु आइरहेका छन् ।

यसबीच चर्चित गायक जय देवकोटा र रेजीना परियारको आवाजमा नयाँ गीत ‘अमेरिका मेरो बुढा छ’ बजारमा आएको छ । गीतमा विपिन केसीको शब्द रहेको छ भने देवकोटा आफैंले संगीत दिएका छन् ।

गीतलाई कृष्ण केसीले एरेञ्ज गरेका हुन् । मोडलमा उषा सुवेदी र शंकर विसीको रोमान्टिक अभिनय रहेको छ ।

मोहन खड्काले निर्देशन गरेको गीतलाई प्रकाश खड्काले छायांकन गरेका छन् । अनिल रानाले सम्पादन गरेका छन् भने, मोहन खड्का र शिव जि क्षेत्रीको कोरियोग्राफी रहेको छ । भिडियो हेर्नुहोस्

https://youtu.be/ftW9dzDJXtU

सम्बन्धित खबरहरु