
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेर्कड बनाएको छ । मंगलबार सुनको भाउ एक महिनायताकै उच्च बिन्दुमा पुगेको हो ।
सोमबारको तुलनामा सुन आज ६ सय रुपैयाँले बढेको छ । आज प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार हुँदैछ । तपाईंलाई जानकारी गराउ यो मूल्य असार २१ यताकै उच्च हो ।
असार २१ गते नेपालमा सुन ९७ हजार ६ सयमा कारोबार भएको थियो । पछिल्ला केही दिनमा सुनको मूल्य उकालो लागिरहेको छ । गत फागुन २५ गते प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।
त्यसपछि साउन ५ गते प्रतितोला ९३ हजार रुपैयाँसम्म घट्यो । अर्कोतिर चाँदीको मूल्य मंगलबार प्रतितोला ३५ रुपैयाँले बढेर १२४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि असार १५ गतेयताकै उच्च हो ।