Real Madrid१८ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडले चार अंकको अग्रता कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

मड्रिडको घरेलु मैदानमा भएको खेलमा अग्रता भने सोसिडाडले लिएको थियो । ३८ सेकेण्डमा नै एलुस्टन्डोले गोल गरेका हुन् ।

तर, पाहुना टोलीको अग्रता धेरैबेर टिक्न सकेन । तेस्रो मिनेटमा नै जेम्स रोड्रिग्बेजले रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।

३७ औं मिनेटमा रामोसले गोल गरपछि पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो । दोस्रो हाफको ५२ र ७६ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपछि मड्रिड ४–१ ले विजयी भयो ।

जितपछि रियल मड्रिडको २० खेलबाट ५१ अंक भएको छ । समान खेल खेलेको बार्सिलोना ४७ अंकका साथ दोस्रो स्थानमा छ ।

सम्बन्धित खबरहरु