काठमाडौं । एकरातको पानीले काठमाडौं डुबेको छ । गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका हुन् । वर्षाका कारण विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।

काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको जानकारी गराइएको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाएको छ । बाढीले पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगाएको छ ।

प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको जानकारी गराइएको छ । प्रहरीका अनुसार हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका मानिसहरुको उद्धार हुँदैछ ।

सो क्षेत्रबाट १५ जनाको उद्धार गरिएको छ भने अन्यको उद्धार जारी छ । बाढीले सुकुम्बासी टोलका २ वटा टहरा पनि बगायो । अहिलेसम्म कुनै पनि मानविय क्षतीको विवरण आएको छैन् ।

सम्बन्धित खबरहरु