काठमाडौं । बालाजुमा आगलागी भएको छ । काठमाडौंको बालाजु बाइसधारामा आगलागी भएको हो । आगलागी भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

जुत्ता कारखानामा आगो लागेको र निभाउने प्रयास भइरहेको जानकारी गराइयो । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले यसको पुष्टि गर्नुभयो ।

दमकलको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । आगलागीको कारण र क्षतिको विवरणबारे थप विवरण आउन सकेको छैन् ।

सम्बन्धित खबरहरु