काठमाडौं । नाम चलेकी एक अभिनेत्रीलाई वयस्क फिल्मका लागि एक अर्ब पारिश्रमिक अफर गरिएको छ ।

हलिउड अभिनेत्री एम्बर हर्डकहाँ यस्तो प्रस्ताव आएको हो । हलिउड अभिनेत्री एम्बर हर्डले विगत केही महिनादेखि धेरै समस्याको सामना गरिरहेकी छिन् ।

सुरुमा पूर्व श्रीमानसँग मुद्दा हारेपछि पनि उनी शोकमा थिइन् । त्यसपछि पैसाको अभावले एम्बरको मनलाई नराम्रोसँग तोडेको छ । उनलाई पैसाको धेरै खाँचो छ ।

अभिनेता समेत रहेका पूर्व श्रीमान जोनी डेप विरुद्धको मानहानी मुद्दा हारेपछि अदालतले उनलाई करिब एक अर्ब २८ करोड रुपैयाँ तिर्न आदेश दिएको थियो ।

यद्यपि उनले फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै पुनस् पुनरावेदन गरेकी छिन् । तर यो संकटबाट उम्कने सम्भावना धेरै कम छ ।

संकटको बीचमा, एक आरएन वेबसाइटले अभिनेत्रीलाई वयस्क फिल्ममा मुख्य भूमिका खेले वापत समान रकम तिर्न प्रस्ताव गरेको हो ।

विहेको प्रस्ताव
प्रशंसकहरूले एम्बरलाई सम्भव भएसम्म मद्दत गर्न सक्दो प्रयास गरिरहेका छन् । भर्खरै, दुबईका एक व्यक्तिले हर्डसँग विवाह गर्ने र बाँकी सबै पैसा तिर्ने प्रस्ताव गरेका थिए ।

उनले अभिनेत्रीलाई पठाएको आवाज रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।

वयस्क कम्पनीको अफर
अब एक महिला–स्वामित्व भएको वयस्क मनोरन्जन कम्पनी, जेन मोडल्सले एम्बर हर्डलाई एक्स–रेट (पोर्न) फिल्ममा मुख्य भूमिकाको प्रस्ताव गरेको छ ।

इन्डिया हेराल्डका अनुसार पोर्न आरएन वेबसाइटकी अध्यक्ष वेरोनिका मजेरियनले यस्तो प्रस्ताव गरेकी हुन् । उनले अभिनेत्रीकी वकिल इलेन ब्राडहफ्टलाई पत्र पठाएर यस्तो अफर गरिएको हो ।

पत्रमा के छ ?
एम्बर हर्डलाई बोर्डमा ल्याउन भनेर पठाइएको पत्रमा लेखिएको थियो, ‘प्रिय ब्रीडहफ्टस् मेरो नाम भेरोनिका मजारियन हो र म कम्पनीको अध्यक्षको रूपमा काम गर्छु । जेन मोडल्स, एक उत्पादन फर्म र मोडलिङ एजेन्सी हो ।

हर्डलाई आफ्नो कुनै फिल्ममा अभिनय गर्ने मौका दिन चाहने राख्ने धेरै भिडियो निर्माण कम्पनिहरूले हामीलाई सम्पर्क गरेका छन् ।’

एक अर्ब भन्दा धेरैको अफर
पत्रमा थप लेखिएको छ, ‘हाम्रो संस्था एडल्ट इन्टरटेनमेन्टको निर्माणमा बन्ने एक फिल्मका लागि हर्डलाई एक अर्ब २८ करोड रुपैयाँ तिर्न तयार छ । यदि उनी यो प्रस्तावमा रुचि राख्छिन्, कृपया मलाई इमेल मार्फत सम्पर्क गर्नुहोस् ।

निस्सन्देह, उनीहरूको सहभागिताका सर्तहरू, शूटिंगको साइट र सबै कुराहरूमा काम गर्नुपर्नेछ । कृपया मलाई जानकारी दिनुहोस्, के हर्डले यो अवसरमाथि विचार गर्नुहुनेछ ?

 

सम्बन्धित खबरहरु