काठमाडौं । काठमाडौं महानगरपालिकालाई जोडदार झट्का लागेको छ ।

सर्वोच्च अदालतको आदेशपछि महानगर तनावमा परेको हो ।

अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह दलबलसहित अस्पताल जानु भएको थियो । महानगरको २४ घण्टे अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश जारी भएको हो ।

नर्भिक अस्पताललाई नियमविपरीत बनाएका संरचना हटाउन दिएको २४ घण्टे अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न अदालतले अल्पकालिन आदेश दिएको छ ।

नर्भिक अस्पतालले मंगलबार महानगरलाई विपक्षी बनाउँदै मंगलबार सर्वोच्चमा रिट दायर गरेको थियो ।

अस्पताल र महानगरबीच भएको छलफलपछि समिति गठन गरेर समय तोकिने जानकारी गराइएको थियो ।

 

सम्बन्धित खबरहरु