काठमाडौं । हलिउडका कलाकारहरूले बेलाबेलामा निकै सनशनीपूर्ण खुलासा गरिरहन्छन् ।

यतिबेला अभिनेत्री अमान्डा सेफ्रीड आफ्नो करियरको शुरुवाती दिनहरुको बारेमा बोलेर चर्चामा छन् । उनी हलिउडकी अत्यन्तै चर्चित्र अभिनेत्री हुन् ।

अमान्डाले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा १९ वर्षको उमेरमा यस्तो नग्न दृश्य दिएकोमा आफूलाई पछुतो लागेको बताएकी छिन् ।

जसमा उनको शरीरमा अन्डरवियरसमेत थिएन । अमान्डाले पनि आफ्नो कामप्रति दुःख व्यक्त गरेकी छिन् ।

एउटा म्यागजिनसँग कुरा गर्दै अमान्डा सेफ्रीडले भनिन्, ‘ओह, मलाई थाहा छ यो किन भयो । म १९ वर्षको थिएँ र कसैलाई निराश गर्न चाहन्न थिए त्यसैले मैले त्यो काम गर्ने निर्णय गरें। त्यही भएर यस्तो कदम चालेको हो ।

अमान्डाले आफ्नो करियर ‘एज द वर्ल्ड टर्न’ र ‘अल माई चिल्ड्रेन’ बाट सुरु गरेकी थिइन्। तैपनि, उनले मीन गर्ल्स मा १९ वर्षको उमेरमा पहिलो ठूलो मौका पाइन् ।

जसमा उनले केरेन स्मिथको भूमिका निर्वाह गरिन् । यस फिल्ममा उनीसँगै लिन्जी लोहान र राहेल म्याकआडम्स थिए ।

यसअघि अर्को एक अन्तर्वार्तामा अमान्डाले ‘मीन गर्ल्स’ मा अभिनय गरेको पात्रलाई कति नकारात्मक कमेन्ट आएको बताएकी थिइन् । विशेष गरी जुन दृश्यमा उनी कपडा बिना देखिएकी छिन्।

अमान्डाले भनिन् कि यो दृश्य हेरेपछि मानिसहरूले उनीसँग अश्लील कुरा गर्थे। त्यतिबेला उनी १८ वर्षकी मात्रै थिइन् उनले बताए ।

खैर, यो होइन कि अमान्डा सेफ्रीडले मात्र फिल्महरूमा नग्न दृश्यहरू दिएकी छन्। उनीअघि धेरै कलाकारले हलिउड फिल्ममा नग्न दृश्य दिएका छन् ।

अमान्डाले सन् २०१७ मा थोमस सडोस्कीसँग विवाह गरेकी थिइन् । उनीहरु दुबैका २ सन्तान छन् । अमान्डा दुई पटक एमी अवार्डका लागि पनि मनोनित भइन् ।

 

सम्बन्धित खबरहरु