काठमाडौं । निरन्तर बढ्दै गएको गएको सुनचाँदीको मूल्यमा आज अचानक गिरावट देखिएको छ । नेपालमा सुनको मूल्य घटेको छ ।

अघिल्लो दिनको तुलनामा सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर रु ९६ हजार छ सय तोकिएको हो ।

पहेँलो धातु अघिल्लो दिन (बुधबार) प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार एक सय तोकिएको छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ५ ले घटेर रु एक हजार दुई सय २५ तोकिएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खबरहरु